एसएलसीको नतिजा आज प्रकाशित गर्ने तयारी


भक्तपुर, अषाढ ६ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसीको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशितको अन्तिम तयारीमा रहेको कार्यालयका उच्च स्रोतले जानकारी दिए ।

‘केही विद्यार्थीको एक दुई नम्बर नपुगेर फेल भएको पाएपछि पुनः उसको कापी खोजेर हेर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो–‘सकेसम्म आजै नतिजा प्रकाशित गर्छौ ।’ परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले आज सुरक्षाको व्यवस्था गरिदिन प्रहरीलाई समेत जानकारी गराई सकेका छन् ।

‘आज तीन बजे नतिजा निकाल्ने भनेर परीक्षा नियन्त्रकले सुरक्षा माग गर्नु भएको छ,’ महानगरीय प्रहरी बृत ठिमीस्थित प्रहरी स्रोतले भने, ‘टोली दुई बजेदेखि नै खटिनेछन् ।’

यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २ सय ४३ जना बिद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् ।

एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय पाच जना, छात्रा ३४ हजार २७ जना छन् । खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना जसमा छात्र चार हजार पाच सय ७८ र छात्रा ३ हजार ६ सय ६२ जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई १८ गतेसम्म भएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले एएलसीको नतिजा प्रकाशित गरेपछि नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न‌. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।
साभार - इ. कान्तिपुर

No comments: