विराटनगरमा निषेधाज्ञा आज पनि जारी


टनगर, अषाढ ४ - अप्रिय घटना हुनसक्ने सम्भावनालाई ख्याल गर्दै मोरङ प्रशासनले विराटनगर उपमहानगरपालिकाको खास क्षेत्रमा लगाएको निषेधाज्ञा शनिबार छोट्याइएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म भनिएको निशेधाज्ञा मध्यान्न १२ बजेसम्ममात्र तोकिएको प्रशासन कार्यालयले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीका अनुसार स्थिति सामान्य बन्दै गएकाले निषेधाज्ञाको अवधि छोट्याइएको हो ।

यसअघि शुक्रबार १२ घन्टे निषेधाज्ञा कायम थियो । यस्तै बुधबार पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म जारी गरिएको आदेश राति ९ बजेसम्मका लागि थपिएको थियो । मोरङ प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञाका जारी गरिएको हो ।

यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हिडडुल गर्न, सभा, जुलुस र धर्ना गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यो बन्देज कोसी राजमार्गको विराटनगरउत्तर कञ्चनबारीदेखि दक्ष्ािणमा रोडशेष र बजारका मुख्य भागमा लागू हुने प्रशासनले जनाएको छ ।

एमाले भातृ संगठन युवा संघले गर्न लागेको बिहीबार गर्ने भनेको 'प्रतिकार सभा' लाई ध्यानमा राख्दै त्यही दिनदेखि सुरक्षाकर्मीको संख्या बढाएर निगरानी गर्दै निशेधाज्ञा जारी गरिएको थियो ।

युवा संघसम्बद्ध कार्यकर्ताले पत्रकार खिलानाथ ढकाललाई करिब दुई साताअघि निर्घात कुटपिट गरेपछि पत्रकार महासंघको अगुवाइमा विरोध प्रदर्शन हुँदैआएको छ । आक्रमणमा संलग्न रहेको भन्दै युवा संघका परशुराम बस्नेत, रोहित कोइराला र मनोज राईविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिइएको छ । बस्नेतबाहेक दुई आरोपी पक्राउ परिसकेका छन् ।
साभार - इ. कान्तिपुर

No comments: