कट्रिना विश्वकै सेक्सी महिला

मुम्बई,

       ‘शैला की जवानी’ ले बलिउडको कुनाकुना तताइरहेका बेला नायिका कट्रिना कैफ तेस्रोपटक ‘सेक्सियस्ट वुमन इन द वर्ल्ड’ चुनिएकी छन् । नायिका फ्रिडा पिन्टो, प्रियङ्का चोपडा, दीपिका पादुकोण, सोनम कपुर तथा करिना कपुरजस्ता बलिउड सुन्दरीहरूलाई पछार्दै उनले फेरि यो ताज पहिरिएकी हुन् ।
आइटम गीतमा कम्मर मर्काएर सबैको ध्यान आफूतिर खिचेकी नायिकालाई यूकेस्थित पत्रिका ‘इर्स्र्टन आई’ ले यो ताज तेस्रोपटक लगाइदिएको हो । ‘राजनीति’ को सफलता र क्रिसमसमा रिलिज हुँदै गरेको ‘तीस मार खान’ प्रति रहेको फ्यानको उत्सुकताबीच यो खबरले नायिका थप मक्ख छिन् ।

‘मैले ‘इर्स्र्टन आई’ को सूचीमा फेरि पहिलो स्थान पाएकोमा खुसी छु,’ २६ वर्षीया कटि्रनाले भनिन् । ब्रिटेनस्थित यो पत्रिकाले गरेको एक सर्भेबाट उनलाई ‘सेक्सियस्ट वुमन इन द वर्ल्ड’ चुनिएको हो । यो पत्रिका यूकेस्थित एसियाली पाठक समूहबीच चर्चित छ । सूचीमा पर्न सुन्दरीहरू विश्वमा धेरै फोटो खिचिएका साथै निर्माता तथा फ्यानको डिमान्डमा हुनु जरुरी छ ।
यही वर्षनायक ब्वाइफ्रेन्ड सलमान खानसँग छुटिएकी कटि्रनालाई ‘फेसन’ नायिका प्रियंकाले कडा चुनौती दिएकी थिइन् । लगातार दोस्रोपटक दोस्रो स्थानमा चित्त बुझाएकी प्रियंकालाई बिपासा बासुले पच्छाएकी छन् । हलिउडका सुन्दरी नायिकाहरूमा स्थान जमाएकी ‘स्लमडग मिलिनियर्स’ नायिका प्रिmडाले चौथो स्थानमै चित्त बुझाउनुपरेको छ । पूर्वमिस युनिभर्स लारा दत्ताले पाँचौं स्थान ओगटेकी छन् ।
हङकङमा ब्रिटिस आमा र काश्मिरी बुबाको कोखबाट जन्मेकी कटि्रना बेलायतमा हुर्केकी थिइन् । मोडलिङबाट बलिउड भित्रेकी उनको पहिलो फिल्म ‘बुम’ हो । हाल, उनी ‘आई हेट लभ स्टोरिज’ नायक इमरान खानसँग ‘मेरे ब्रदरकी दुल्हन’ को छायांकनमा व्यस्त छिन् । उनले पहिलोपटक आइटम गर्ल भूमिका गरेको एक्सन-कमेडी फिल्म ‘तीस-मार खान’ यही क्रिसमसको अवसर पारेर रिलिज हुँदै छ । साभार: नेपाली समाचार

No comments: