तीन वर्षपछि जन्मदिन मनाउने मुडमा कैटरिना


मुम्बई, असार ७ - तीन वर्षपछि बलिउड हिरोइन कैटरिना कैफले जन्मदिन मनाउँने भएकी छिन्। तीन वर्ष अघि उनको जन्मदिनमा बलिउडका दुई खान सलमान र शाहरुखबीच झगडा भएको थियो। त्यो झगडापछि जन्मदिनको पार्टी दिन बन्द गरेकी कैटले १८ जुलाईमा पार्टी दिने बताइएको छ। कैटको एक साथीले बताए अनुसार दुई खानबीच भएको झगडापछि उनलाई पार्टी आयोजना गर्न डराउँदै आएकी छिन्।

उनको जन्मदिनमा बलिउडका दुई स्टारले झगडा गरेपछि तनाब भएको थियो। यो घटनापछि पार्टीको आयोजना त टाढा उनी अरुको पार्टीमा समेत कमैमात्र सहभागी हुने गर्थिन्। यो जन्मदिनबाट उनी घटना विर्सने मुडमा छिन्।
उनको यो जन्मदिनमा उनी अभिनित जिन्दगी ना मिलेगी दोवारा प्रदर्शन गरिने तयारी पनि भइरहेको छ। यसले कैटलाई दुइटा फाइदा हुने भएको छ पार्टी र फिल्म
साभार : नागरिक न्युज

No comments: