बुधबार बेलुका सार्वजनिक गरिएको अडियो सन्देशमार्फत आफू कठिन परिस्थितिमा भए पनि मृत्युदेखि नडराउने घोषणा गरेका छन्त्रिपोली/ लिबियाली शासक मुहम्मर गद्दाफीले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) विरुद्ध हत्याको आरोप लगाएका छन् । मंगलबार भएको नेटो हवाईहमलामा निकट मित्रका परिवारका सदस्य मारिएपछि कर्णेल गद्दाफीले नेटोविरुद्ध हत्याको आरोप लगाएका हुन् । हवाई आक्रमणमा संलग्न मानिस अपराधी र हिंस्रक भएको आरोप पनि उनले लगाएका छन् ।
बुधबार बेलुका सार्वजनिक गरिएको अडियो सन्देशमार्फत आफू कठिन परिस्थितिमा भए पनि मृत्युदेखि नडराउने घोषणा गरेका छन् ।
गद्दाफीले नेटोको आक्रमणमा शुभचिन्तक कुविल्दी हेमिदी तथा अन्य अन्य थुप्रै सदस्य मारिएकोमा आक्रोशसमेत पोखेका छन् । आफ्ना विरोधीलाई समाप्त पारेरै छोड्ने चेतावनी पनि उनले दिएका छन् । नेटो आक्रमणमा विरोधीलाई समाप्त गरे पनि आफू भने समाप्त नहुने उनले बताए ।
नेटोे आक्रमणमा आफ्ना छोराछोरी र नातिनातिनाको हत्या भएपछि अब कुनै सम्झौता नहुने पनि उनले बताए । आफूले जस्तोसुकै कठिन परिस्थितिको सामना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । आफू डराएर नभाग्ने पनि उनले बताए । लिबियाली सरकारी प्रवक्ता मुसा इब्राहिमका अनुसार नेटोले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित १५ व्यक्ति मारिएका जनाएका छन् ।
यता नेटोले हवाई आक्रमणमा सर्वसाधारण मारिएको पश्चत्ताप भएको बताएको छ । आफूले लक्षित गरेको भवन कमान्ड र कन्ट्रोल सेन्टर भएको पनि नेटोले बताएको छ । यता, इटालीका विदेशमन्त्रीले नेटोको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । हिंसापीडित देशमा मानवीय सहयोग पुर्याउन युद्धविराम हुनुपर्ने प|mान्सिस्को प|mाटिनीले बताए ।
साभार : नया पत्रिका
No comments:
Post a Comment