काठमाडौ, चैत्र ६ - नेपाल दोस्रो दक्षिण एसियाली आईटीएफ तेक्वान्दो शनिबार च्याम्पियन बनेको छ । उसले ४२ स्वर्ण, ३४ रजत र ४५ कांस्य हात पार्यो । भारत २६ स्वर्ण, २५ रजत र १९ कांस्य जित्दै दोस्रो भयो । तीन राष्ट्रले सहभागी प्रतियोगितामा ६ स्वर्ण, १ रजत र ३ कांस्य चुम्दै बंगलादेश तेस्रो तथा अन्तिम भयो ।
सिनियरतर्फ पुरुषमा २ स्वर्ण जितेका नेपालका चाउची डंगोल र महिलामा ३ स्वर्ण, १ रजत र १ कांस्य जितेकी भारतकी पवित्रा यूएस उत्कृष्ट खेलाडी चुनिए । जुनियर पुरुषमा भारतका मेराबा मानगाङ र महिलामा नेपालकी तुलसी थापा मगर उत्कृष्ट भए । मेराबाले ३ स्वर्ण र १ कांस्य र तुलसीले ४ स्वर्ण हात पारेका थिए ।
पुरुष स्पाइरिङतर्फ ५० केजीमुनि तौल समूहमा नेपालका सुमित राना मगर पहिलो भए । यस्तै, ५१-५५ केजीमा नेपालका अमीर महर्जन र ५६-६० केजीमा नेपालका चाउची पहिलो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ६१-५५ केजीमा भारतका शेरा सी. कोट्कनी पहिलो भए । यस्तै, ६६-७० केजीमा नेपालका लीलाधर बस्नेतले बाजी मारे ।
पुरुषको ७१-७८ केजीमा भारतका लोकेश्वर बीसीले स्वर्ण चुमे । बंगलादेशका मोहम्मद सोहेल राना ८१ केजीमा पहिलो भए । यस्तै, ७१-७८ केजीमा पनि बंगलादेशका मोहम्मद महाबुबुलले स्वर्ण जिते ।
टिम स्पाइरिङको पुरुष र महिला दुवैमा नेपालले बाजी मार्यो । दुवैमा भारत रजतमा सीमित भयो । सेल्फ डिफेन्सको पुरुषमा भारतको 'ए' टिम पहिलो, भारतकै 'सी' टिम दोस्रो र नेपालको 'बी' टिम तेस्रो भए । सेल्फ डिफेन्सकै महिलामा नेपाल 'बी', भारतको 'बी' र 'ए' टिम क्रमशः शीर्ष तीन स्थानमा रहे । तीनदिने प्रतियोगितामा ७४ स्वर्णका लागि कुल १ सय ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
साभार - इ. कान्तिपुर

No comments:
Post a Comment