रोपाइँपछि ‘किसान'

(नागरिक) - माओवादी सशस्त्र द्वन्द्वको विषयमा ‘जनयुद्ध' नामक फिल्म बनाएका विमल पौडेल किसानका कथालाई पर्दामा उतार्न व्यस्त छन्। उनको निर्देशन रहेको फिल्म ‘किसान'को अहिले पार्श्व संगीतको काम भइरहेको छ।
‘यो काम तीन दिनमा सकिन्छ। मिक्सिङको लागि एक हप्ता लाग्ला,' उनले भने, ‘कलर करेक्सन गर्न मुम्बई जाने तयारी भइरहेको छ। त्यतिबेला यहाँ ५.१ सराउन्डिङ साउन्डको काम हुन्छ।' करिब एक महिनामा फिल्मको सबै काम पूरा गर्ने उनको योजना छ।
रोपाइँपछि ‘किसान'‘किसान'को रिलिज भने किसानलाई फुर्सद मिलेपछि मात्र गर्ने उनले जानकारी दिए। ‘यसो उसो गर्दा जेठ सकिहाल्छ। असार र साउन त मानु रोपेर मुरी फलाउने समय हो,' भदौमा फिल्म रिलिज गर्ने विषयमा उनी वितरकसँग कुरा छिन्दैछन्।
सार्वजनिक प्रदर्शनअघि च्यारिटी शो र विदेशमा फिल्म देखाउने प्रयास भइरहेको छ। फिल्म व्यापारमा आएको मन्दीले तुरुन्त रिलिज गर्ने मुडमा नदेखिएका हुन् उनी। ‘अहिलेको व्यापारिक नतिजाले पनि निराश बनाएको छ। च्यारिटी र विदेशबाट केही पैसा उठाउन सकिन्छ कि भन्ने विश्वास छ,' उनले नागरिकलाई बताए।
देश विकासमा किसानको भूमिका कस्तो हुनुपर्छ भन्ने कथा उनले फिल्ममा चित्रण गरेका छन्। ‘जनयुद्ध'मा माओवादी कमान्डरलाई हिरो बनाएका विमलको यो फिल्मको निायक पात्र किसान रहेको छ। माओवादी निकट फिल्मकर्मी पौडेलले यो फिल्म राजनीतिक रंगबाट मुक्त रहेको प्रष्ट पारे। ‘सामुदायिक कृषि प्रणालीको महरूव देखाउन खोजेको छु। मध्यस्थकर्ताले नठगे उनीहरूको आम्दानीले शिक्षा र स्वास्थ्यमा पुग्ने योगदानको चर्चा गरेको छु,' उनले दाबी गरे।
फिल्ममा राजेश हमाल, नीर शाह, राहुल केसी, गणेश भण्डारी, मौसमी मल्ल र नन्दिता केसीले अभिनय गरेका छन्।
साभार - नागरिक समाचार

No comments: