जर्मनीले २०२२ सम्म सबै ऊर्जा संयन्त्र बन्द गर्ने
जापानको फुकिसिमा आणविक ऊर्जा केन्द्रमा भएको दुर्घटनापछि जर्मनीले सबै आणविक केन्द्र २०२२ सम्ममा बन्द गर्ने घोषणा गरेको छ
बर्लिन/ जर्मनले सबै आणविक ऊर्जा केन्द्र २०२२ सम्ममा बन्द गर्ने भएको छ । जर्मनको गठबन्धन सरकारले सबै ऊर्जा केन्द्र २०२२ सम्म बन्द गर्ने यो निर्णय गरेको हो ।
आइतबार राति चान्सलर एन्जेला मर्केल र वरिष्ठ अधिकारीबीच भएको छलफलपछि यो फैसला गरिएको हो । बैठकपछि पर्यावरणमन्त्री नार्वट रार्टजेनले २०२२ सम्म सम्पूर्ण आणविक ऊर्जा केन्द्र बन्द गर्ने यो निर्णय सत्ताधारी गठबन्धनको बैठकमा सुनाएका हुन् ।
जापानमा गएको भूकम्पपछि आएको सुनामीका कारण फुकिसिमा परमाणु केन्द्रबाट उर्जा विकिरण चुहिएको थियो । जापानको परमाणु दुर्घटनापछि मार्चमा नै जर्मनले सातवटा पुराना आणविक सन्यत्र बन्द गरेको थियो । यी ऊर्जा केन्द्र स्थायी रूपमा बन्द गरिएका हुन्।
गत वर्ष चान्सलर एन्जेला मर्केलले जर्मनीका आणविक ऊर्जा केन्द्रको नेटवर्कको समयावधि बढाएकी थिइन् । अहिले आएर सम्पुर्ण आणविक ऊर्जा केन्द्र बन्द गर्ने नीतिलाई कतिपयले अवसरवादको संज्ञा दिएका छन् । तर, फुकिसिमा आणविक केन्द्रमा भएको दुर्घटनापछि आणविक ऊर्जा केन्द्रको अवधारणालाई लिएर सबै परिवर्तन भएको छ ।
यही मार्चमा सात परमाणु संयन्त्र बन्द गरियो भने २०२१ सम्म ६ आणविक केन्द्र बन्द गरिनेछ भने बाँकी रहेका आणविक ऊर्जा केन्द्र २०२२ सम्म बन्द गरिनेछ । जर्मनमा अहिले १७ आणविक ऊर्जा केन्द्र छन् ।
फुकिसिमा आणविक दुर्घटनापछि जर्मनीमा आणविक ऊर्जा केन्द्र बन्द गर्न ठुला ठुला प्रर्दशन हुदै आएका छन् । केही दशकदेखि आणविक ऊर्जा केन्द्र बन्द गरेर पर्यावरण बचाउन अभियाननै छेडिएको थियो ।
आणविक उर्जा केन्द्र बन्द गरिएपछि यसको पूर्ति अक्षय ऊर्जा जल तथा सौर्य ऊर्जाबाट गरिनेछ । जर्मनीमा कुल ऊर्जा मागको २५ प्रतिशत पूर्ति आणविक ऊर्जा केन्द्रबाट गरिँदै
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment